गुल्मी अमरपुरमा जंगली च्याउ खाँदा तीनजना बिरामी

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

गुल्मीको इस्मा गाउँपालिका– ६ अमरपुर बुल्ममा जंगली च्याउ खाँदा तीनजना बिरामी परेका छन् ।

स्थानीय वृषबहादुर कुमालकी श्रीमती ३९ वर्षीया सरिता कुमाल र सोही स्थानकै विष्णुमाया कुमालका छोरा ११ वर्षीय विमल कुमाल तथा छोरी आठ वर्षीया सुष्मा कुमालले जंगली च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

बिरामी तीनैजनाको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रवक्ता पाण्डेयले बताए ।
 

सुझावित समाचार