गोली हानी प्रधानाध्यापकको हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

बाराको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्यारालाई पक्राउ गर्न माग गर्दै जिल्ला सदरमुकाममा प्रदर्शन भएको छ।

सोमबार अपराह्न अज्ञात समूहले चलाएको गोली लागेर स्वर्णकारको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। गोली प्रहार गर्नेलाई कारबाहीको माग राख्दै स्थानीयवासी र शिक्षकहरूले भरत चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकाममै दिनदहाडै शिक्षकमाथि गोली प्रहार गरेर हत्या भएको भन्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।

प्रहरीका अनुसार बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको थियो। घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाएका छन्।

सुझावित समाचार