महासचिव गुटेरेस र रक्षामन्त्री खड्काबीच छलफल

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण
महासचिव गुटेरेस र रक्षामन्त्री खड्काबीच छलफल

तस्बिर : संजित परियार/नयाँ पत्रिका

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँगको भेटलगत्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेटेका छन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार गुटेरेस र रक्षामन्त्री खड्काबीच छलफल भएको हो। चारदिने औपचारिक भ्रमणमा आइतबार राति नेपाल आएका गुटेरेसले आजै प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल तथा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यसूची छ।

करिब १५ वर्षपछि नेपालमा राष्ट्रसंघका महासचिवको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

सुझावित समाचार