टाटा समूहको लगानीमा भारतमा आइफोन बनाइने

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरू बनाउन सुरु गर्ने भएको छ ।

समूहले भारतमा एप्पलका आइफोनहरू बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री राजीव चन्द्रशेखरले शुक्रबार जानकारी दिए । 

विस्ट्रोन कर्पोरेसनले दक्षिण भारतमा रहेको एक प्लान्ट बिक्री गर्न सहमत भएपछि टाटा इन्डिया पहिलो स्वदेशी आइफोन निर्माता बन्न लागेको हो । 

प्लान्ट स्रोतले गराएको जानकारीअनुसार कारोबार मूल्य १२ करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

मन्त्री चन्द्रशेखरले भने, ‘टाटा समूहले भारतबाट घरेलु र वैश्विक बजारका लागि भारतबाट आइफोन बनाउन सुरु गर्नेछ ।’ (सिन्ह्वा)

सुझावित समाचार