३ प्रश्न

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण

गैरआवासीय नेपालीलाई दिइने गैरआवासीय नागरिकताको के कस्ता महत्व छन् ? 
यसको निकै ठुलो महत्व छ । तत्कालका लागि यसको ठुलो महत्व देखिई हालेन भने पनि भविष्यमा यसको महत्व देखिनेछ । खासगरी यस्तो नागरिकता नहुँदा विदेशमा रहेका नेपालीको पहिलो पुस्ता त स्वदेशको मायाले फर्किएला पनि । तर, उतै जन्मेको दोस्रो या तेस्रो पुस्तामा चाहिँ नेपालप्रतिको माया, ममता र अपनत्व विकास हुन सकेको थिएन । नागरिकता पाएपछि उनीहरूले पनि यो देशप्रतिको अपनत्व बोध गर्नेछन् । साथै, यसबाट गैरआवासीय नेपालीलाई यहाँ रहेको आफ्नो धनसम्पत्ति सुरक्षित गर्ने र थप सम्पत्ति भित्र्याउने वातावरण बन्छ । यसले बिदेसिएका नेपालीलाई बालबच्चासहित स्वदेश फर्किन प्रेरित गर्छ । 

गैरआवासीय नेपालीले नागरिकता नपाउँदाका अप्ठ्यारा कस्ता थिए ?
गैरआवासीय नेपालीले नागरिकता नपाउँदा आफूलाई अर्को देशको नागरिक ठान्नुपर्ने अवस्था थियो । यहाँ रहेको उनीहरूको धनसम्पत्ति र लगानी सुरक्षित नहुने र आफन्तहरूले नै जालझेल गर्ने अवस्थासमेत थियो । उतै जन्मेको पुस्ताले यता आउँदा भिसा लिएर आउनुपर्ने अवस्था थियो । लगानीका लागि सहज वातावरण थिएन । 

देशको समृद्धिमा गैरआवासीय नेपालीले कस्तो योगदान पुर्याउन सक्छन् ? 
गैरआवासीय नेपालीले रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रमा ठुलो योगदान दिइरहेका छन् । साथै, उनीहरूले उता सिकेका सीप, दक्षता, प्रविधि र लगानी भित्र्याएर देशको समृद्धिमा योगदान दिन सक्छन् । आआफ्नो क्षेत्रमा स्वदेशी संस्कार र संस्कृतिको प्रवर्धन गर्न सक्छन् । 

सुझावित समाचार