उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका– ७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिन्द चौधरीले जानकारी दिएका छन्।

चौधरीका अनुसार पक्राउ परेका राईले  मंगलबार राति २९ वर्षीया श्रीमती  छविमाया राईलाई खाना पकाउने प्रेसरकुकर प्रहार गरी त्रियुगा नगरपालिका– ५ श्रीपुरमा हत्या गरेका हुन्। 

‘नातामा दिदी पर्नेको घरमा पाहुना लाग्न गएको वेला श्रीमतीसँग विवाद भएपछि  प्रेसरकुकर प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ चौधरीले भने।

प्रेसरकुकरको प्रहारबाट भान्सा कोठामा सुतिरहेकी छविमाया गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरीका अनुसार उक्त घटनापश्चात् कुकर प्रहार गर्ने पिटरलाई पक्राउ गरेको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएकोे छ। 
 

See More On

सुझावित समाचार