ज्ञानेशकुमार कर्ण नेपाली राष्ट्रियता झल्काउने गीत लिएर आएका छन्।
नेपालको विविधता समेट्ने ‘हामी नेपाली’ बोलको गीत कर्णले घटस्थापनाका दिन आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।
गीतमा शब्द, संगीत संयोजन र आवाज कर्ण स्वयंको रहेको छ। गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ।
म्युजिक अरेन्ज राजु शाहले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन्।