चितवनमा स्कुटर दुर्घटना हुँदा सिन्धुपाल्चोककी एक महिलाको मृत्यु

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ६ नौकिलोमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

आइतबार बिहान करिब ८ बजेतिर बा.प्र.०२०४६ प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका– ६ की २४ वर्षीया संगीता भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना हुँदा स्कुटरचालकको साथमा भेटिएको नागरिकताको आधारमा उनको परिचय खुलेको हो।

सुझावित समाचार