कांग्रेस सांसद सञ्जय गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठनको माग गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सकार गठबन्धनको मर्म र भावनाअनुसार चल्न नसकेको भन्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठनको माग गरेका हुन्।
उनले सरकारले महँगी, बेरोजगारी नियन्त्रण गर्न नसकेको आरोप लगाए। राष्ट्रिय गौरवका आयोजना, चाडपर्वका वेला मुख्य सडकको मर्मत–सम्भार तथा महँगी नियन्त्रण गर्न सरकार असफल भएको बताए। उनले सरकार उल्टो बाटोतर्फ लागेको र यसले संघीयता, प्राप्त उपलब्धि गुम्ने बताए।