हमासको हमलाको कारण जोखिममा रहेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जाने भएका छन्।
परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीले मन्त्री साउदकै नेतृत्वमा उद्धारको लागि टोली इजरायल जाने जानकारी दिए।
आज अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदलाई नेपालीहरूको उद्धारका लागि इजरायलको राजधानी तेल अबिब पठाउने निर्णय गरेको हो।
उनीसँग परराष्ट्र मन्त्रालयका केही अधिकारी पनि जानेछन्।