- पुस्तकलाई भद्रगोल राख्दा कोठा अव्यवस्थित देखिन्छ । तसर्थ, अध्ययनसँगै पुस्तकलाई जतन गरेर राख्ने बानी पनि विकास गर्न जरुरी छ ।
- कोठामा पुस्तक सजाउनका लागि आवश्यक स्पेस छुट्याउनुस् र त्यसमा फिट हुने बुक सेल्फ वा बुक केस किन्नुस् । त्यसमा पुस्तकलाई मिलाएर राख्नुस् । फ्रेमिङ गरिएका फोटोहरू पनि यसमा राख्न सकिन्छ ।
- तपाईंले अध्ययन गर्ने पुस्तकलाई जनरा, रङ वा आकारका आधारमा मिलाएर राख्नुस् । यसले कोठाको शोभा पनि बढाउँछ । पुस्तक राख्ने दराजसँगै इन्डोर प्लान्ट पनि सजाएर राख्न सकिन्छ । त्यस्तै, तपाईंले पाएका मेडललाई पनि यससँगै सजाएर राख्न सकिन्छ ।