ललितपुरको देउराली सहकारीका अध्यक्ष पक्राउ

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

सदस्यहरूको बचत हिनामिना गरेको आरोपमा ललितपुरको देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सहकारी ठगी कसुरमा उनलाई बुधबार पक्राउ गरेको हो। 

उनीविरुद्ध चार करोड ५० लाख ठगीको जाहेरी परेको सिआइबीले जनाएको छ। जाहेरी दिनका लागि सिआइबीले पीडित सदस्यहरूलाई आग्रह गरेको छ। सो सहकारीले बचतकर्ताको करिब सात अर्ब फिर्ता गर्न सकेको छैन।

सुझावित समाचार