चार किलोभन्दा बढी चरेससहित दुईजना पक्राउ

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

दार्चुला प्रहरीले चार किलोभन्दा बढी चरेससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का २८ वर्षीय बिर्ख ठगुन्ना र २० वर्षीय सहदेव ठगुन्ना रहेका छन् ।

उनीहरूलाई प्रहरीले चार किलो एक सयग्राम चरेससहित शैल्यशिखर नगरपालिका– ३ कर्कलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

मार्माबाट गोकुलेश्वरतर्फ आइरहेका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा चरेस र तराजुसमेत फेला परेको उनले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ । गत भदौ २६ गते आठ किलो आठ सय ५० ग्राम चरेससहित प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो ।

See More On

सुझावित समाचार