सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

फाइल तस्बिर ।

सरकारले कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक अगाडि बढाएको छ। 

मन्त्रिपरिषद्को आजको बैठकले विश्वविद्यालयको विधेयक स्वीकृत गरेको हो। विधेयक अब संसदमा पेस हुनेछ। संसद्बाट कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ। 

यसअघि गेटा मेडिकल कलेज बनाउने भनिए पनि सरकारले गत माघमा मात्र स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। गेटामा पाँच अर्ब रुपैयाँ लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ।

सुझावित समाचार