बझाङको चैनपुर केन्द्र बनाई ६.३ रेक्टरको भूकम्प

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

बझाङको चैनपुरआसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको भूकम्प गएको छ। 

३ बजेर ६ मिनेट जाँदा उक्त भूकम्प गएको हो। यसअघि  २ः४१ मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु बनाई ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

बझाङमा आधा घन्टाभित्र ठूला दुई भूकम्प गएपछि  स्थानीय त्रसित बनेका छन्। क्षतिकाे विवरण आउन बाँकी छ। 

तस्बिर : नरेन्द्र उपाध्यायकाे फेसबुक पेजबाट

सुझावित समाचार