मोबाइल बैंकिङको सुरुवात कहिले भएको थियो ?

आइतबार, १४ असोज, २०८०
डिजिटल संस्करण

विश्वमा पहिलोपटक सन् १९९९ मा युरोपियन बैंकले मोबाइल बैंकिङको सुरुवात गरेका थिए । त्यसको पाँच वर्षमै अर्थात् सन् २००४ मा नेपालमा पनि मोबाइल बैंकिङ सेवाको सुरुवात भएको छ । तत्कालीन लक्ष्मी बैंक (हाल लक्ष्मी सन्राइज)ले पहिलोपटक यस्तो सेवा सुरु गरेको थियो । तत्कालीन समयमा यसमा भुक्तानीको सुविधा भने थिएन । 

मोबाइल एसएमएसमार्फत जानकारी पाउने, बैंकिङ स्टेटमेन्ट हेर्न पाउनेजस्ता सीमित सुविधा थिए । तत्कालीन समयमा मोबाइल फोन फिचर्समा भएका सीमितताले पनि यसको विस्तार हुन सकेको थिएन ।

२०१२ सम्म आउँदा नेपाली बैंकहरूले कारोबार नै गर्न मिल्ने गरी मोबाइल बैंकिङ सेवाको विस्तार गरेका थिए । अहिले नेपालमा सबैजसो बैंक तथा वित्तीय संस्थाले एप्समै आधारित मोबाइल बैंकिङ सेवा सञ्चालन गरेका छन् । 

सुझावित समाचार