बाल सुधारगृहका दुईजना कैदी फरार

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– ४ बिर्तास्थित रहेको बाल सुधारगृहका दुईजना कैदी फरार भएका छन् । शुक्रबार बिहान २ बजेको समयमा जेलको काँडेतार काटेर उनीहरू फरार भएका हुन् ।

कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परी बाल सुधारगृहमा रहेका उनीहरू फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

बाल सुधारगृहबाट फरार भएकाहरूको बिहानदेखि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
 

सुझावित समाचार