राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठीलाई

आइतबार, ७ असोज, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहित सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन्।

राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नेछ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. त्रिपाठी, पुरस्कार छनोट समितिका सदस्य डा. जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए।

राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्तीका अवसरमा सो कार्यक्रम गरिएको हो।

सुझावित समाचार