राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसंविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू स्तब्ध भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङका परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।