स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै गुठीचौरमा निजामती सेवा दिवस बहिष्कार

शुक्रबार, २२ भदौ, २०८०
डिजिटल संस्करण

जुम्लाको गुठीचौर गाउँपालिकाका कर्मचारीले निजामती सेवा दिवस बहिष्कार गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवस मनाउने परिपत्र गरे पनि गुठीचौरका कर्मचारीले कालोपट्टी बाँधेर विरोध जनाएका छन्।

स्थानीय तहमा कार्यरत कर्मचारीको सेवासुविधा, वृत्तिविकासको सुनिश्चितता नभएको तथा प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको भन्दै उनीहरूले दिवस बहिष्कार गरेका हुन्।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीबीच विभेद गरेको हुँदा निजामती सेवा दिवस मनाउन उपयुक्त नहुने ठानेर बहिष्कारसहित कालोपट्टी बाँधेर विरोध गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक बलराम नेपालीले बताए।

सुझावित समाचार