नेपालमा कृषक परिवार ६२ प्रतिशत मात्रै

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ। बिहीबार सार्वजनिक कृषि गणना ०७८ अनुसार नेपालमा पछिल्लो १० वर्षमा नाै प्रतिशतले कृषक परिवार घटेको देखाएको हो। अघिल्लो गणनामा यो संख्या ७१ प्रतिशत थियो।

त्यस्तै, नेपालमा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषक परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए। कृषि गणना ०६८ अनुसार ३८ लाख ३१ हजार ९३ परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गर्दथे।

पछिल्लो १० वर्षमा तीन लाख हेक्टर जमिन कृषिकार्यमा घटेको निर्देशक कार्कीको भनाइ छ। उनले कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या एक करोड १५ लाख ८३ हजार नाै सय ५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको बताए।

सुझावित समाचार