श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले म्यानपावरको काम गर्ने शैक्षिक परामर्श संस्थाहरू सरकारको निगरानीमा रहेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन्। विदेशमा अध्ययनका लागि जानेलाई परामर्श दिने संस्थाले म्यानपावरको काम गरेकामा असन्तुष्टि जनाउँदै उनले सो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।
वैदेशिक रोजगारमा गएर अलपत्र पर्नेहरूमा अधिकांश ९० प्रतिशत मानिस भिजिट भिसा र व्यक्तिगत भिसामा गएका मन्त्री भण्डारीले प्रस्ट पारे। ‘वैदेशिक रोजगारमा गएर अलपत्र पर्नेहरूमा ९० प्रतिशत मानिस भिजिट भिसा र व्यक्तिगत भिसामा गएका छन्। संस्थागत हिसाबमा गएकाहरू यसरी अलपत्र परेका छैनन्,’ उनले भने।