सन्दीपविरुद्धको मुद्दामा गौशाला- २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित गौशाला–२६ की आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश दिएको छ। 

न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको छ। नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणीकरण गर्न भनिएको हो। 

अदालतले यो मुद्दामा आजदेखि नियमित सुनुवाइ गरेकाे छ। लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन। न्यायाधीश खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो।  

यसअघि, नाबालिग बलात्कार मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो।

सुझावित समाचार