भिरबाट लडेर एकजनाको मृत्यु

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर- ३ चित्रेघारीमा भिरबाट लडेर ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

घरनजिकै रहेको जंगलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेका थिए। गम्भीर घाइते उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ।

सुझावित समाचार