जरुरी सार्वजनिक महत्वबारे रास्वपाको संकल्प प्रस्ताव दर्ता

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले जरुरी सार्वजनिक महत्वबारे संकल्प प्रस्ताव दर्ता गराएको छ। लम्पी स्किन रोगको विषयमा छलफलका लागि संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएको सो पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन्।

लम्पी स्किनबाट पशुचौपायामा भएको क्षतिको यकिन गरी खोपको व्यवस्था गर्न तथा किसानलाई क्षतिपूर्ति दिनेजस्ता विषयमा छलफलका लागि रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो।

सुझावित समाचार