सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद सुनील शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन्।

सय किलो सुन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संलग्नता रहेको दाबी गर्दै सांसद शर्माले उनीहरूको राजीनामा माग गरेका हुन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सय किलो सुन बरामद भएको घटनामा भरिया मात्र पक्राउ गरेको र मुख्य दोषी उम्किएको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्।

सुझावित समाचार