प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ।
इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ नेता युआनबीच भर्चुअल संवाद भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार संवादका क्रममा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको छ। प्रधानमन्त्रीले चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमण गरेकोमा युआनलाई भर्चुअल संवादबाटै स्वागत गरेका थिए। रासस