एमालेका नेता-कार्यकर्तासहित प्रहरी कार्यालय पुगिन् उपमेयर यादव

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव प्रहरी कार्यालयमा हाजिर भएकी छिन् । 
नागरिकतासम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि बुधबार दिउँसो उनी एमालेका नेता-कार्यकर्तासहित राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी हुन् ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि गत आइतबार जिल्ला प्रहरी कार्यालयमा उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । गत मंगलबार पक्राउ पुर्जी जारी भएको थियो ।

सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेसमार्फत मुद्दा दायर गरेका थिए । उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी गरिएको छ ।

सुझावित समाचार