राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उनको मुटुको शल्यक्रिया गरिएको हो।

मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए। मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएको भन्दै उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।

सुझावित समाचार