सनराइज बैंकको नि:शुल्क स्वास्थ्य शिविर

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकका दुई शाखाले स्वास्थ्य शिविर आयोजना गरेका छन् । बुटवलको योगीकुटी शाखा र विराटनगरको दुहबी शाखाले स्वास्थ्य शिविर गरेका हुन् । 

योगीकुटी शाखाले बुटवलको तिलोत्तमा आँखा अस्पतालको समन्वयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेको जनाइएको छ । शिविर रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेको जनता माविमा सञ्चालन गरिएको आँखा शिविरमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी दुई सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवा लिएको जनाइएको छ । 

त्यस्तै, दुहबी शाखाले विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा छिटाहा माविमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको उल्लेख छ । उक्त शिविरमा गरिएको नि:शुल्क आँखा तथा दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदानजस्ता कार्यक्रममा एक सय ५१ जना सहभागी भएको जनाइएको छ । 

तीन रेस्टुरेन्टमा छुुट
सनराइज बैंकका ग्राहकले तीन रेस्टुरेन्टमा छुट पाउने भएका छन् । बैंकले देव्यानी इन्टरनेसनल नेपालसँग डिजिटल कारोबारलाई प्रवद्र्घन गर्न आफ्ना ग्राहकलाई विशेष छुट दिने सम्झौता गरेको हो । 

यसैक्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिमबेलसँग सहकार्य गरी आफ्ना ग्राहकलाई विशेष छुट दिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । सम्झौताअनुसार सनराइज बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपे क्युआर स्क्यान गरी देव्यानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जाहट र क्रिमबेलका देशैभरि रहेका आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत वा प्रतिकारोबार अधिकतम दुई सय रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ । योजना २१ असारसम्म लागू हुने उल्लेख छ । 
 

See More On

सुझावित समाचार