चार किलो गाँजासहित भक्तपुरबाट एकजना पक्राउ

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले भक्तपुर नगरपालिका– ४ मंगलाछेँबाट एकजनालाई पक्राउ गरेको छ।

लागुऔषध गाँजासहित प्रहरीले काभ्रेपलाञ्चाेक रोसी गाउँपालिका– १० मंगलटार घर भई हाल भक्तपुर मंगलाछेँ बस्ने २३ वर्षीय अभि तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

प्रहरीले पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार