प्रधानमन्त्रीपत्नी सीता दाहाल अस्पताल भर्ना

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्रीपत्नी सीता दाहाल अस्पताल भर्ना

फाइल तस्बिर

प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्। उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार साेही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नियमित स्वास्थ्य परीक्षण गराएका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. युवराज शर्मालगायत डाक्टरहरुको टिमले उनकाे स्वास्थ्य परीक्षण गरेका छन्।

सीता  दाहाल लामो समयदेखि जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) बाट पीडित छिन्।

सुझावित समाचार