पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा : कृषिमन्त्री भुसाल

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।

अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रलाई मात्रै महत्व दिएको भन्दै उनले अब पशु स्वास्थ्य सेवाको क्षेत्रलाई पनि प्राथमिकतामा राखिने बताए। आइतबार काठमाडौंमा भएको महिला पाराभेटेनरियनहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो भनाइ राखेका हुन्।

पशु स्वास्थ्य मानवसँग अभिन्न रूपले जोडिएको विषय सरकारले बुझ्न नसकेको उनको स्वीकारोक्ति थियो। अब सरकारले यससम्बन्धी कानुन परिमार्जन र नयाँ कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।

‘हामीले मानव स्वास्थ्यको बारेमा धेरै ख्याल गर्छौं। धेरै अस्पतालहरूसमेत खोलेका छौँ। तर, पशु स्वास्थ्यलाई सरकारले नै उपेक्षा गरेका छौँ भन्ने लाग्छ। पशु स्वास्थ्य मानवसँग अभिन्न रूपले जोडिएको छ भन्ने कुरा बिर्सेर यसो गरिरहेका छौँ। हामीले त्यो बुझाउन आवश्यक छ। पशु स्वास्थ्यलाई त्यति महत्व दिइरहेका छैनौँ। अब सरकारले पनि महत्व दिनुपर्छ,’ मन्त्री भुसालले भने।

सुझावित समाचार