एक लाख घुस माग्ने वरिष्ठ सइसहित तीन प्रहरी निलम्बित

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

सेवाग्राहीसँग घुस मागेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीनजनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको छ। 

वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदीश ठाकुरलाई मंगलबार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार नै निलम्बन गरेको थियो।  

चेक बाउन्स (बैंकिङ कसुर)सम्बन्धी मुद्दाका जाहेरीकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखरियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेका हुन्। 

पत्र लेखेपछि पैसा दिन्छु भनेकोमा प्रहरी अधिकारीले पैसा नदिई पत्र नलेख्ने अडान लिएको पीडितले बताएका छन्। पैसा मागेको अडियोसहित पीडितले उजुरी गरेपछि छानबिन सुरु भएको हो। उजुरी परेको दोस्रो दिन नै तीनै प्रहरीलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।
 

सुझावित समाचार