नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाउ गर्ने अवस्था छैन : सञ्चारमन्त्री शर्मा

शनिबार, ६ जेठ, २०८०
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाउ गर्न सक्ने अवस्था नरहेको बताएकी छिन्।

नेपाल सरकारका प्रवक्तासमेत रहेकी उनले सरकारले त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको स्पष्ट पारिन्। प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबी गरिन्।

‘अस्ति प्रधानमन्त्री जसरी बोल्नुभयो संसदमा, त्यो देख्दा हामीलाई के आत्मविश्वास पैदा भएको छ भने हामी पनि बदमास रहेछौँ भने पर्छौँ भन्ने ग्यारेन्टी छ। यसमा कसैले कसैलाई रक्षा गर्ने भन्ने कुरा आउँदैन,’ उनले भनिन्, ‘हामी आफैँले आफैँलाई आगो लगाउन तयार भएनौं भने अरू विकृतिमाथि हामी आगो लगाउन सक्दैनौँ। त्यसकारण अहिले जेजति स्थिति बनेको छ, अहिलेको सरकारले राम्रो पहलकदमी लिएको छ।’

मन्त्री शर्माले माओवादी मन्त्रीहरूले विगत र अहिले पनि अरू दलका मन्त्रीहरूले भन्दा रामो काम गरिरहेको उल्लेख गरिन्। माओवादीबाट मन्त्री बनेकाहरूले पनि बदमासी गरेको हुन सक्ने स्वीकार गर्दै उनले अरू दलका मन्त्रीहरूको तुलनामा भने कम गल्ती गरेको बताइन्।

सुझावित समाचार