बारा २ काे मतदान शान्तिपूर्ण

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

बारा क्षेत्र नम्बर २ उपनिर्वाचनमा शान्तिपूर्ण मतदान भइरहेको छ। क्षेत्र नम्बर २ मा ८३ वटा मतदान स्थल र एक सय ३७ वटा मतदान केन्द्र छन्।  

एक लाख पाँच हजार दुई सय ४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।

जसमा ५८ हजार नाै सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला मतदाता छन्। पचरौता नगरपालिका, महागढी नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र कोल्हवी नगरपालिकाको वडा नम्बर ८ छ।

सुझावित समाचार