राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए। उनले पार्टीकाे आधिकारिक धारणा विज्ञप्तिमार्फत सार्वजनिक गर्ने बताए। श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपा सांसद हुन्।