बारा २ : दलबलसहित आएका उपेन्द्रकाे उम्मेदवारी दर्ता

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी  पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। 

समर्थकहरूको दलबलसहित निर्वाचन कार्यालय पुगेका यादवलाई कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादीको साथ छ।

सप्तरी १ बाट  जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएपछि उनी बाराबाट पुनः  संघीय  संसद् प्रवेश गर्ने  दाउमा  छन्।  

बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद  यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ पुनः निर्वाचन हुन लागेको हो। 
 

सुझावित समाचार