नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए शपथ

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। दिउँसो १ बजे शीतलनिवासमा आयोजित विशेष समारोहबीच पौडेलले शपथ लिएका हुन्। 

प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथग्रहण गराएका हुन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

उनी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतले पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए।

लगातार दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन्। 

सुझावित समाचार