केन्टका तीन नयाँ मोडल बजारमा

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

केन्टका उत्पादनहरूको नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको इओएल प्रालिले तीन नयाँ मोडलका आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ । कम्पनीले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडल बजारमा ल्याएको हो । 

केन्ट पर्ल स्टार मोडल पानीको शुद्धताको डिजिटल डिस्प्लेका साथ आउने कम्पनीले जनाएको छ । यसमा शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न मिल्ने उल्लेख छ । यसले आरओ+युभी+युएफ+टिडिएस नियन्त्रणको बहुविधि शुद्धीकरण प्रक्रियाद्वारा पानीलाई शतप्रतिशत शुद्ध बनाउन प्रयोग गर्ने जनाइएको छ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक र फ्लोराइडजस्ता विघटित अशुद्धताहरू हटाएर पानी पिउन योग्य बनाउनका लागि ब्याक्टेरिया र भाइरस पनि नस्ट गर्ने कम्पनीको दाबी छ ।

पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत् राख्ने कम्पनीको दाबी छ । यसको मूल्य ४९ हजार नौ सय ९० रुपैयाँ रहेको जनाइएको छ । केन्ट, क्रिस्टल, स्टार, मोडल, अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनका साथ आकर्षक डिजाइन गरिएको आरओ वाटर प्युरिफायर भएको कम्पनीको दाबी छ । 

यो प्राविधिक रूपमा उन्नत आरओ वाटर प्युरिफायर भएकाले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न मिल्ने कम्पनीको भनाइ छ । यसले आरओ+युभीको बहुविधि शुद्धीकरण प्रक्रिया प्रयोग गर्ने कम्पनीले जनाएको छ । युएफ+टिडी एस कन्ट्रोलले पानीलाई शतप्रतिशत शुद्ध बनाउनका लागि आवश्यक प्राकृतिक खनिज कायम राख्ने जनाइएको छ । यसको मूल्य ४८ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

केन्ट क्रिस्टल प्लस मोडल आरओ+युभी+युएफ+टिडिएस कन्ट्रोल+ट्यासीमा युभी लाइटले पानीलाई शतप्रतिशत पुर्याउनका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो आरओ+युभी+युएफ+टिडिएस कन्ट्रोल+ट्यांकीमा भएको युभी लाइटद्वारा शुद्धीकरण प्रक्रिया भएको नेक्स्ट जेन आरओ वाटर प्युरिफायर भएको कम्पनीको दाबी छ । यसको मूल्य ३५ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार