तिलोत्तमालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ। नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृंखलाको अवसरमा चैत १ गते ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो। 

नगरपालिकाले ६ साउन ०७४ मा सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियान चैत १ गते एक सयौँ शृंखला पुग्दै छ। नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न त्यस्तो घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए।

सुझावित समाचार