राष्ट्रपति निर्वाचनका आठदलीय सत्तागठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग मत मागेका छन्।
सत्तागठबन्धनका नेताहरूसहित आज राप्रपा केन्द्रीय कार्यालय पुगेका पौडेलले अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई आफूलाई निर्वाचनमा सघाउन आग्रह गरे। आफू लोकतन्त्रको रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको पौडेलको भनाइ थियो।
जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको २४ गते बस्ने केन्द्रीय समिति बैठकले राष्ट्रपति निर्वाचनमा के गर्ने भन्न्नेबारे निर्णय लिने जानकारी गराएका थिए।