राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच मंगलबार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आइपियू) बैठकबारे जानकारी गराएका थिए।

आइपियूको १४६औँ बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दै छन्। बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदै छ।

सुझावित समाचार