रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण
रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

फाइल तस्बिर

राष्ट्रपति निर्वाचन, चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएकाे छ। 

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा अहिले बिहान ११ बजे बाेलाइएकाे बैठक सुरु भएकाे हाे।  

बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन २ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए।

सुझावित समाचार