राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय संयोजकमा सुजित केसी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकको रूपमा काठमाडौंका केसीलाई चयन गरेको हो ।

संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्तासमेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको बताइएको छ । संगठनको केन्द्रीय पदाधिकारीमा रहेर केसीले नाै वर्ष काम गरिसकेका छन् । 

केसीले राजनीतिशास्त्र, कानुन तथा समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधि अध्यनरत छन् ।

सुझावित समाचार