३ प्रश्न

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

चक्रपथको कलंकी–महाराजगन्ज खण्ड कसरी निर्माण गर्नुपर्ला ?     
चक्रपथको कलंकी–महाराजगन्ज खण्ड निर्माण गर्दा कोटेश्वर–कलंकी खण्डबाट पाठ सिक्नुपर्छ । किनकि, सो सडक खण्ड निर्माणका क्रममा धेरै त्रुटि भएका छन् । सहरी सडकको संरचना त्यस्तो हुँदै हुँदैन । त्यस्तो सडकको डिजाइनलाई ‘स्पिड वे’ भनिन्छ । कोटेश्वर–कलंकी खण्डमा जेजस्ता गल्ती भए अबका दिनमा बन्ने सडक खण्डमा काम गर्दा सुधार गर्न चीनियाँ कम्पनीलाई भन्नुपर्छ । 

नेपालकै डिजाइनअनुसार काम गर्न  चीनियाँ पक्ष तयार होला त ? 
पक्कै पनि हुन्छ र हुनु पनि पर्छ । मेरो विचारमा यो ठूलो मुद्दा होइन । आखिर उसले हाम्रा लागि सडक निर्माण गरिदिने हो भनेपछि हाम्रो इच्छा पनि त उसले बुझ्नुपर्छ । जहाँसम्म मलाई लाग्छ चीनियाँ पक्ष यसमा असहमत हुँदैन । 

तपाईंको विचारमा यस सडक खण्डको डिजाइन कस्तो हुुनुपर्छ ? 
यो सिटी सडक हो । यसलाई सिटीको अवधारणा र आवश्यकता हेरेर विस्तार गर्नुपर्छ । यो हरियालीयुक्त हुनुपर्छ । साथै, साइकल, बटुवा र वातारणमैत्री पनि हुनुपर्छ । मुख्यतः सहरी सडकका फुटपाथ र जेब्राक्रसहरू मिलेको हुनुपर्छ ।  त्यसैले, मैले कोटेश्वर–कलंकी खण्डबाट पाठ सिकेर अघि बढ्नुपर्छ भनेको हुँ । विगतकै जस्तो डिजाइनमा चीनियाँ पक्षलाई काम गर्न दिनु हुँदैन । नयाँ अवधारणाअनुसार काम गर्न भन्नुपर्छ । 

सुझावित समाचार