३ प्रश्न

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

शक्तिराष्ट्रहरूको ‘कूटनीतिक दौड’ बढिरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
नयाँ सरकार बनेपछि मित्रराष्ट्रहरूका प्रतिनिधि यसो हालचाल बुझ्न आउनु स्वाभाविक हो । अमेरिकाको कूटनीति छरिएको अवस्थामा रहेको छ । युएसआइडी, युएसएड, एमसिसीलगायत संस्थाले आआफ्नो क्षेत्रबाट काम गरिरहेका छन् । तिनका काम हेर्न र आफ्नो काम देखाउन पनि त्यस्ता भ्रमण भएका हुन सक्छन् । अधिकांश त्यस्ता भ्रमण माथिल्लो तहबाट नभई तल्लो तहबाट भइरहेका छन् । उनीहरूले हामीलाई महत्व दिएका भए त उच्चस्तरबाटै भ्रमण गर्थे होला । हाम्रालाई पनि उता बोलाउँथे होला । तर, त्यस्तो नदेखिएको हुनाले यो नियमित भ्रमणको शृंखला मात्र होजस्तो लाग्छ । 

शक्तिराष्ट्रहरूको कूटनीतिक चासोलाई नेपालको  हितमा ‘क्यास’ गर्न सकिन्न ?
साँच्चै उनीहरूको चासो हामीतिर आकर्षित भएकोभए हाम्रा प्राथमिकता निर्धारण गरेर त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिन्छ । तर, जहिल्यै उनीहरूका एजेन्डा पूरा गर्न मात्र हामी तयार देखियौँ । आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्ना प्राथमिकता निर्धारण गर्ने विषयमा चाहिँ सरकारको उपस्थिति कहिल्यै बलियो देखिएन । यसले गर्दा हामी कूटनीतिमा कमजोर देखियौँ । अनि कसरी आफ्ना हितका कुरा उठाउनु ?

अलमलिएको हाम्रो कूटनीतिलाई कसरी सही ट्र्याकमा ल्याउन सकिएला ?
सबैभन्दा पहिले हामीले आफ्ना प्राथमिकता निर्धारण गर्नुपर्छ । सार्कलाई गति दिने विषयमा पहल गर्नुपर्छ । नेपाल र भारतबीच थाती रहेका विषयलाई अघि बढाउनुपर्छ । ‘कोर’ विषयमा प्रवेश नगरी ‘पेरिफेरी’का विषयमा मात्र कुरा गरेर केही हुँदैन ।  

सुझावित समाचार