दरबारमार्गको केड कम्पनीमा एनआइसी एसिया बैंकका ग्राहकलाई छुट

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

एनआइसी एसिया बैंकका ग्राहकले दरबारमार्गको दरबार मलमा रहेको केड कम्पनी प्रालिमा छुट पाउने भएका छन् । केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेबारे कम्पनी र बैंकबीचमा समझदारी भएको हो । 

समझदारीपत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीका प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेको जनाइएको छ । 

समझदारीअनुसार एनआइसी एसिया बैंकमा खाता खोलेर मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने उल्लेख छ । त्यस्तै, बैंकका कर्मचारीले भने २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरमा तीन सय ५९ शाखा, चार सय ७३ एटिएम, एक सय ६ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार