३ प्रश्न

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

किसानहरू आफ्नो उत्पादन सडकमा फालेर आन्दोलनमा किन होमिनुपरेको हो ? 
किसानहरू लागतअनुसार मूल्य नपाएका कारण आन्दोलित  भएको हुनुपर्छ । अहिले तरकारी उत्पादनको मुख्य सिजन हो, यतिवेला उत्पादन बढी हुँदा मूल्य पाउन नसक्दा किसान आन्दोलिन भएका हुन् । 

किसानहरूको उत्पादन र बजारीकरणमा किन तालमेल मिल्न सकेको छैन ? 
अहिले भारतको तरकारी आयात पनि भइरहेको र नेपालमा पनि उत्पादन बढेको छ । उत्पादन बढेका वेलासमेत आयात हुँदा समस्या उत्पन्न भएको हो । भारतबाट हुने आयातका कारण पनि यहाँका किसानले उचित बजार पाउन सकेका छैनन् । मुख्य सिजनमा सरकारले भारतबाट आउने तरकारीलाई रोक्ने क्षमता राखोस् भन्ने हामीले भनिरहेका छौँ ।

किसानका समस्या समाधानमा  सरकार गम्भीर हुनुपर्ने होइन ?
तरकारी आयातलाई रोक्ने र नेपाली उत्पादनलाई बढाउन र लागत मूल्यको ग्यारेन्टी सरकारले गर्नुपर्ने भन्ने हो । अर्को कुरा, बजारीकरण मूल्य समायोजन गरी लागत नपाएको खण्डमा सरकारले त्यसको क्षतिपूर्ति दिनुपर्छ भन्ने हो, हाम्रो अपेक्षा पनि यही हो ।

सुझावित समाचार