तुलसीपुरमा अव्यवस्थित तार हटाउन सुरु

शनिबार, २८ माघ, २०७९
डिजिटल संस्करण

तुलसीपुर बजारमा रहेका अव्यवस्थित तार हटाउन थालिएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको पहलमा अव्यवस्थित तार हटाउन थालिएको हो ।

शनिबारदेखि तार हटाउन थालिएको केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्सालले बताए । उनका अनुसार अब प्रत्येक शनिबार तारलाई व्यवस्थित गर्ने काम गरिने छ ।

शुक्रबार तुलसीपुरमा भएको छलफलपछि शनिबारदेखि नेपाल टेलिकम, एनसिएललगायत १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीसंगको समन्वयमा तुलसीपुर क्षेत्रका अव्यवस्थित तार हटाउन थालिएको हो । फर्सालका अनुसार पहिलो चरणमा वीरेन्द्र चोकदेखि हात्तिखौवासम्मका तारलाई व्यवस्थित गरिने छ ।

यसअघि नेट बिग्रिने, पोल ढल्ने हुँदा मात्रै तारहरु हेर्ने चलन थियो । घरमा नेट बन्द गरेपछि पनि तारहरु पोलमै छाडिन्थ्यो । त्यसले गर्दा पनि बजार कुरुप बन्दै गएको वेभ सर्फरका बलभद्र कुँवरले बताए ।

सुझावित समाचार